बारा १ मा कांग्रेसका चौधरीभन्दा एमालेका मैनाली तीन हजारभन्दा बढी मतले अगाडि

हिमालय टाइम्स
Read Time = 2 mins

बारा । बारा १ मा एमाले उम्मेदवार अच्युत मैनाली फराकिलो मतान्तरसहित अग्रस्थानमा हुनुहुन्छ । नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीको भन्दा तीन हजार पाँच सय ७० मत बढी ल्याउँदै मैनालीले अग्रता कायम राख्नुभएकाे हाे ।

यो क्षेत्रमा ३८ हजार पाँच सय ५३ मत गणना हुँदा मैनालीले १८ हजार चार सय र चौधरीले १४ हजार आठ सय ३० मत पाउनुभएकाे छ । एक हजार चार सय एक मत बदर भएको छ ।

मैनाली र चौधरीबीचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि मैनालीले फराकिलो अग्रता बनाउनुभएकाे हाे । चौधरी नेपाल सरकारका खानेपानीमन्त्री र कांग्रेसका सहमहामन्त्री हुनुहुन्छ ।

मैनाली एमालेको पोलिटव्युरो सदस्य एवं मधेस प्रदेश इन्चार्ज हुनुहुन्छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा मैनाली जनसम्पर्क सल्लाहकार हुनुहुन्थ्याे । ठूला पार्टीका यी दुई प्रभावशाली नेता २०७४ सालमा बारा १ बाट एकअर्काका प्रतिस्पर्धी थिए । निर्वाचनमा कांग्रेसका चौधरी दुई हजार चार सय २० मतले विजयी हुनुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?