पाल्पामा एमालेको अग्रता कायमै, पूर्वमन्त्री पाण्डेयलाई चुनौती दिदै गैरे

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता कायमै छ । यहाँको क्षेत्र नं.२ मा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिए पनि पछिल्ला मतपरिणाम अनुसार एमालेका उम्मेदवार अगाडि आएका छन् ।

पछिल्लो मत परिणाम अनुसार पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका ठाकुर प्रसाद गैरे अग्रस्थानमा हुनुहुन्छ । उहाँले ९ हजार ८ सय ९२ मत ल्याएर अगाडि हुनुहुन्छ भने उहाँका निकटतम् प्रतिद्धन्दी एकीकृत समाजवादी पार्टीका प्रदेश इन्चार्ज तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले ७ हजार ७ सय १५ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ । यो बगनासकालीका ९ वटा वडा र तानसेनका ७ वटा वडाको अन्तिम मत परिणाम हो । यहाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले २ हजार ६ सय ५३, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार २ सय ४९, स्वतन्त्र उम्मेदवार उपेन्द्रराज गहिरेले ३ सय २९ ,अर्को स्वतन्त्र उम्मेदवार जीवलाल सुवेदीले ४७ मत पाएका छन् । यहाँ घर चिन्हले १ सय ५१, छाताले ६४ र तिरले ६२ मत प्राप्त गरेका छन् ।

यस्तै निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेश सभा सदस्यमा भने नेपाली काँग्रेसका वीरबहादुर राना सुरुवातीदेखि नै अग्रस्थानमा हुनुहुन्छ । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री समेत रहनुभएका राना बगनासकालीका ९ वटा वडा र तानसेनका ७ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदासम्म २ हजार ५ सय ४० मतले अगाडि हुनुहुन्छ । पछिल्लो मत परिणाम अनुसार रानाले १० हजार ९ सय मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिद्धन्दी नेकपा एमालेका परशुराम भट्टराईले ७ हजार ६ सय ४९ मत ल्याएर दोस्रोमा हुनुहुन्छ । मन्त्री रानालाई सुरुदेखिको अग्रताले विजयीको नजिक पुर्‍याएको छ । यहाँ मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले १ हजार ३ सय ३०,राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले १ हजार २ सय ४८ मत प्राप्त गरेका छन् । यस्तै घर चिन्हमा १ सय ८६, छातामा १ सय २५ र मादल चिन्हमा ६३ मत खसेकाेको छ ।

उता क्षेत्र नं. १ मा पनि पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवारले अग्रता लिएका छन् । यहाँ एमालेका उम्मेदवारहरुले सुरुदेखि नै अग्रता लिई रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नारायणप्रसाद आचार्यले १० हजार ७ सय ३५ मत ल्याई अग्रस्थानमा हुनुहुन्छ, भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांँग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहाले ५ हजार १ सय मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार विपिन कंडेलले ३ सय ८४ मत प्राप्त गर्नुभएको छ । यस्तै यहाँको प्रदेश सभा १ मा एमालेका राजु प्रसाद श्रेष्ठले १० हजार ७ सय १३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ भने नेपाली नेपाली काँग्रेसका श्यामकान्त खनालले ५ हजार ४ सय १७ मत प्राप्त गर्नुभएको छ । यहाँ क्षेत्र नं .१ को नापी कार्यालय रामपुरको भवनमा र क्षेत्र नं. २ को तानसेनस्थित बालमन्दिर भवनमा मतगणना भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?