धादिङ । धादिङ क्षेत्र नम्बर २ मा कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका रामनाथ अधिकारीले १४ हजार १ सय ९८ मत पाउनु भएको छ ।
नेकपा एमालेका खेम लोहनीले ११ हजार ३ सय ३६ मत ल्याउनु भएको छ । यस्तै धादिङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता कायमै छ । ३२ हजार ४ सय ३१ मत गणना हुँदा पाण्डेले १३ हजार ६ सय ८ मत ल्याउनु भएको छ ।
उहाँलाई एमालेका भूमिप्रसाद त्रिपाठीले पछ्याइरहनु भएको छ । त्रिपाठीले अहिलेसम्म १२ हजार ६ सय २८ मत पाउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ४ हजार ४ सय ४३ मत पाउनु भएको छ । एक हजार ७३ मत बदर भएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि