अछाम-२ मा कांग्रेसका शाह ६ हजार मतले अघि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अछाम २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले अग्रता फराकिलो पार्नुभएकाे छ । बुधबार बिहान ११ बजेसम्म ३३४१८ मत गणना हुँदा शाहले एमाले उम्मेदवार यज्ञबहादुर बोगटीलाई ६ हजारभन्दा बढी मतले पछि पार्नुभएकाे हाे ।

शाहले १८९८४ र बोगटीले १२७६० मत पाउनुभएकाे छ । अछाम १ बाट भने एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भइसक्नु भएकाे छ । उहाँले एमालेका झपट रावललाई पराजित गर्नुभयाे ।

२०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा अछामका दुवै क्षेत्र एमालेले जितेको थियो । यसपटक एमालेले भीम रावललाई समेत टिकट नदिएकाले त्यसको असर चुनावमा देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?