जुम्ला प्रदेशसभा (ख) मा एमालेका टेकराज पछाई विजयी

विजय रावत जुम्ला, संवाददाता
Read Time = 1 min

जुम्ला । जुम्ला निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (ख) मा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न मतगणनामा एमालेका उम्मेदवार टेकराज पछाई विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । पछाईले कुल सात हजार ८२६ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फका एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालयका बहालवाला मन्त्री पदम बहादुर रोकायाले छ हजार ७१५ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले चार हजार १६५, मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर रावतले एक हजार २०२, मत प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?