बैतडीमा भण्डारीलाई पछ्याउदै कुवँर

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins
A A- A+

बैतडी । बैतडीमा नेकपा एमालेका दामोदर भण्डारीकाे अग्रता कायमै छ । २३ हजार ९१० मत गणना हुँदा भण्डारीले १० हजार ६१४ मतका साथ सुरुवाती अग्रता कायमै राख्नुभएकाे छ । उहाँका निटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरेन्द्र कुवँर (विजयसुन्दर) ले १० हजार २०८ मतका साथ पछ्याइरहनुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि यहाँका डिलाशैनी , शिवनाथ , पञ्चेश्वर र मेलौली नगरपालिकाको मतगणना सकिएको र पुर्चौडी नगरपालिकाको जारी रहेको छ ।

त्यसैगरी प्रदेशसभा क्षेत्र नं (क)मा पनि नेकपा एमालेका सुरेन्द्र पालले अग्रता कायमै राख्नुभएकाे छ । २८ हजार ८७२ मत गणना हुँदा पालले ९ हजार २५१ मत ल्याउनुभएकाे छ । निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ८ हजार ५५१ मत ल्याउनुभएकाे छ ।

त्यसैगरी प्रदेशसभा क्षेत्र नं (ख)मा नेपाली कांग्रेसका शिवराज भट्टले १३ हजार ७८५ मत ल्याएर अग्रता कायमै राख्नुभएकाे छ । निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका लिलाधर भट्टले १२ हजार २३३ मत ल्याएर पछ्याइ रहनु भएकाे छ । बैतडीमा १ लाख ५० हजार १५६ मतदाता रहेकोमा आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७८,३६९ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?