नेपालगन्जका पूर्व मेयर बाँके २ बाट प्रतिनिधि सभामा निर्वाचित

हिमालय टाइम्स
Read Time = 2 mins

-शुभाकर विश्वकर्मा

बाँके । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा डा.धवल शमशेर जबरा विजयी हुनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहनु भएका राणाले निटकतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका मोहम्मद इस्तियाक राईलाई पराजित गरेर बाँके २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुुनु भएको हो ।

जसपाका राइ ६ हजार ५७ मत अन्तरका साथ पराजित हुनु भएको छ ।

राणाले कूल २९ हजार ५ सय ७७ मत ल्याएर विजयी हुनु भएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी जसपाका राईले २३ हजार पाँच २० मत पाउनु भयो ।

यता तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत मात्रै पाउनु भयो । सुदीपलाई चार दलको समर्थन थियो ।

डा. राणाले २०५४ र २०७४ मा स्थानीय निर्वाचनसहित यसपटक संसदीय निर्वाचनमा अपराजित यात्रा तय गर्नुभएकाे छ । उहाँ नेकपा एमालेको समर्थनमा चुनाव लड्नुभएकाे थियाे । राणा नेपालगञ्ज उपमहागरका पूर्व मेयर समेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?