धादिङ-२ को प्रदेश सभा ‘ख’ मा मतगणना स्थगित

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर-२ को प्रदेश सभा ‘ख’ को मतगणा रोकिएको छ । क्षेत्र नम्बर-२ को प्रदेश सभा ‘ख’ मतदाता भन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको हो ।

खनियाँबास गाउँपालिका-४ गणेशकुण्ड मतदान केन्द्रको मतपेटिकाको दुई वटा सिल तोडिएको भन्दै राप्रपा र एमालेका कार्यकर्ताहरुले प्रदर्शन समेत गरेका छन् । चार वटा केन्द्रको खसेको मतमा ९२ मतपत्र धेरै भेटिएको छ । त्यहाँ १ हजार १ सय ९ मतदाताले मतदान गरेको मुचुल्का छ । तर मत गन्ने तयारी गर्दा १ हजार २ सय १ मतपत्र भेटिएको हो ।

पछिल्लो मतपरिणाम अनुसार प्रदेश सभा ‘ख’ का उम्मेदवार नेकपा माओवादी केन्द्रका जगत सिंखडा २४६ मतले राप्रपाका उम्मेदवार डम्बर तामाङ भन्दा अगाडि रहनुभएकाे छ । सिम्खडाको ९ हजार ८ सय ९ र तामाङको ९ हजार ५ सय ६३ मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
एनभिएलका ६ फ्रेन्चाइज टोलीले घोषणा गरे मार्की खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ आज र भोलि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र बनाउन मन्त्री मेहताको जोड भोजपुरमा राति सवारी आवागमन बन्द बूढी राप्तीमा घुँगी खोज्न गएका व्यक्तिको डुबेर मृत्यु भीषण वर्षाको जोखिम : राति हेटौंडाबाट काठमाडौं जाने सवारी अस्थायी रूपमा रोकियो गृह मन्त्रालय प्रवेशमा रोकिएपछि निहारिका राजपुत र बिनु यादवको विरोध प्रदर्शन एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल क्यान्सर उपचाररत