उदयपुर । उदयपुर २ (क) मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका नारायणबहादुर बुर्जा मगर विजयी हुनुभएकाे छ । ८१०५ मत प्राप्त गरी उहाँ प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएकाे हाे ।
मगरले एमालेका देवराज राईलाई ३५ मतले पराजित गर्नुभएकाे छ । राईले ८०७० मत प्राप्त गर्नुभएकाे थियाे । जम्मा १९ हजार १५ मत खसेको थियो । निर्बाचन क्षेत्र २ (ख) मा लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका पर्दछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका