Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

सन्धिखर्कको एक मतपेटिका खोल्दा भेटियो पत्र, के छ पत्रमा

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको एक मतपेटिका खन्याउँदा पत्र भेटिएको छ ।  गणक दामोदर आचार्यका अनुसार पत्रमा मतदाताले उम्मेदवार चयनप्रति नै असन्तुष्टि जनाएका छन् ।

गणक आचार्यले भन्नुभयाे, 'शुरुमा त खाली मतपत्र भेटिएपछि सबै आश्चर्यचकित भए । पछि पत्र खोलेर हेर्दा भने पत्रले भावुक बनायो । खाली मतपत्रलाई बेरेर राखिएको पत्रमा मतदाताले उम्मेदवारहरूप्रति तीव्र असन्तुष्टी जनाएका छन् । एक पेजको पत्रमा मतदाताले जनताको कालो दिन भनेका छन् ।'

पटक पटक परीक्षण भएकाहरूलाई के मत दिनु ? ती मतदाताले यिनै जनप्रतिनिधिबाट जिल्लाको विकास नहुने जनाएका छन् । उनले लेखेका छन्, 'आगामी निर्वाचनमा सन्धिखर्क नगरपालिकाको नगर प्रमुख पद जितेर कसरी काम गर्न सकिन्छ भनेर आफूले देखाउने दाबी समेत गरेका छन् ।'

Letter

उनले थप लेखेका छन्- मत गन्दै गरेको तपाईँहरूलाई पनि लागेको होला, कस्तो व्यक्तिको मत गनेर विजयी घोषणा गर्नुपरेको छ । ती मतदाताले सन्धिखर्क-गोरुसिंगे सडक, अस्पताल, कलेज, सन्धिखर्कको जग्गा अतिक्रमण जस्ता विषयमा एक पटक सोच्न सबैलाई अनुरोध गरेका छन् ।

अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको मतगणना चलिरहेको छ । एमालेका सचिव टोपबहादुर रायमाझीले अग्रता लिइरहदा कांग्रेस नेतृ पुष्पा भुसालले रायमाझीलाई पछ्याइरहनुभएकाे छ । राष्टिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल तेस्रो स्थानमा हुनुहुन्छ । एमाले नेता रायमाझी र कांग्रेस नेतृ भुसाल यसअघि पनि पटक पटक अर्घाखाँचीबाट निर्वाचित हुँदै आउनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?