महोत्तरी मतगणना : राष्ट्रिय राजनीतिमा गर्विलो विरासत बोकेका दुई नेता ठाकुर र पोखरेल संकटमा

हिमालय टाइम्स
Read Time = 4 mins

महोत्तरी । लोसपा अध्यक्ष महन्थ ठाकुरको विरासत संकटमा परेको छ । स्वतन्त्र उम्मेदवार रामआधार कापरले निरन्तर अग्रता लिँदै ठाकुरलाई पछाडि पारेपछि ठाकुरका बारे विभिन्न अडकलबाजी सुरु हुन थालेको छ ।

देशैभरिको मतगणनाको अवस्था हेर्दा चर्चित नेताभन्दा स्थानीय जनमानसमा भिजेको नेतालाई जनताले रुचाएको देखिएको छ । यसअघिको निर्वाचनमा समेत यसै क्षेत्रबाट निर्वाचित हुनु भएका ठाकुरले जनतामा खासै प्रभाव छाड्न नसकेको देखिन्छ ।

काठमाडौं केन्द्रित हुने र गाउँलाई भुलिदिने चरित्रले जनताले यसपालि सजाय नै दिने हुन कि भन्ने पनि प्रसस्त अडकलबाजी छन् । लोसपाको बलियो सांगठानिक संरचना रहेका ठाउँहरूमा समेत ठाकुर पछाडि परेपछि कतिपय स्थानीयले पराजयको संकेत हुनसक्ने बताएका छन् ।

जिल्लामा अहिले तीन जना हेभिवेट नेता चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नं. १ मा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, क्षेत्र नं. २ मा सरद सिंह भण्डारी र क्षेत्र नं. ३ मा महन्थ ठाकुर ।

तीनै जना नेताको राष्ट्रिय राजनीतिमा गर्विलो विरासत छ । उप–प्रधानमन्त्री समेत भैइसक्नुभएका महन्थ ठाकुर हुनु हो वा दर्जनभन्दा बढी पटक मन्त्री बन्नुभएका सरद सिंह भण्डारी हो वा दुई पटक शिक्षा, स्वास्थ्य मन्त्री बनिसकेका गिरिराजमणि पोखरेल किन नहुनु होस् ।

उहाँहरूले राष्ट्रिय राजनीतिमा राम्रो छाप छाड्न सफल हुनु भएको छ । प्राम्भिक मतगणनामा यि नेतहरूमध्ये दुई जना महन्थ ठाकुर र गिरिराजमणि पोखरेल सकसमा हुनु हुन्छ भन्ने प्रमाणित भएको छ ।

पोखरेलभन्दा पनि महन्थ ठाकुरको विषयलाई महत्त्वपूर्ण ढङ्गले हेरिएको छ । क्षेत्र नं १ मा (ख) बाट मतगणना गरिएको हुनाले लक्ष्मी महतोले अग्रता लिनुलाइ माओवादी केन्द्रका नेताले पनि स्वभाविक ठानेका छन् ।

किन की जहाँ–जहाँ मतगणना भएको छ त्यो महतोको मातृ क्षेत्र हो । राम्रो प्रभाव भएको उक्त क्षेत्रमा अझ आंकलन भन्दा कम मत आएको हुनाले पोखरेललाई फाइदा नै पुगेको स्थानीयहरू बताउँछन् ।

यता भण्डारीले भने प्रारम्भिक चरणमा अग्रता लिएको र अन्य क्षेत्रमा समेत मतदाताहरूको नजरमा राम्रो उम्मेदवारको रुपमा पर्ने भएकाले भण्डारीको जित सुनिस्चित भएको नेताहरु बताउँछन् ।
-बिशाल बस्नेत/न्युज कारखाना

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?