बर्दिया । बर्दिया क्षेत्र न २ मा स्वतन्त्र उम्मेदवार रहेका लालविर चौधरीले जित निकाल्नु भएको छ ।
बुधवार सम्पन्न भएको मत गणनामा १ सय ३५ मत अन्तरको फरकमा नल्का चुनाव चिन्ह बाट स्वतन्त्र उम्मेदवार रहनु भएका लालविर चौधरीलाई नागरिक उम्मुक्ति पार्टिको समर्थन रहेको थियो ।
चौधरीले गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई पराजित गर्नुभएको हो । चौधरीले २६ हजार ५ सय २० मत ल्याउदा सुरेश पन्थले २६ हजार ३ सय ८४ मत ल्याउनु भएको थियो ।
यसै गरी नेकपा एमालेका पंकजसिह राठौरले १६ हजार ९० मत ल्याउनु भएको थियो भने राप्रपाका विनय रावलले १३ हजार २ सय ९२ मत ल्याउनु भएको थियो ।
सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरीको नाम सिफारिस भएको थियो । साथै रेशम चौधरीका बुवा लालवीर चौधरीले पार्टीकै सहयोगमा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । निर्वाचन आयोगले रेशम चौधरीको उम्मेदवारी खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टीबाट स्वतन्त्र उम्मेदवार बनेका लालवीर चौधरीलाई समर्थन गरेको थियो । चौधरी रेशम चौधरीका बुवा हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रले जित निकालेको थियो ।
यसैगरी बर्दिया क्षेत्र न १ को प्रदेश सभा क मा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली काग्रेसका भुवनेश्वर चौधरुी बिजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई १ सय १९ मतको फरकमा पराजित गर्नु भएको हो । चौधरीले १७ हजार २६ मत ल्यायर विजय हुदा नेकपा एमालेका शालिकराम अधिकारीले १६ हजार ९ सय ७ मत ल्याउनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच