भक्तपुर । आन्तरिक राजश्व कार्यालय भक्तपुरले उत्कृष्ट तीन करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।
राष्ट्रिय कर दिवस २०७९ को अवसरमा संघले बुधबार धेरै कर तिर्ने स्वास्थ्य सेवा, उद्योग र व्यापार क्षेत्रका तीन करदाता संस्थाका सञ्चालकलाई सम्मान गरेको हो ।
आर्थिक वर्षमा आन्तरिक राजश्व कार्यालय भक्तपुरमा धेरै कर तिर्नेमा स्वास्थ्य सेवातर्फ तारा हेल्थ केयर सेन्टर प्रालि, उद्योगतर्फ समानान्तर कंक्रिट उद्योग प्रालि र व्यापारतर्फ जीएच मेडिहेल्थ कन्सर्न प्रालि छन् । तारा हेल्थ केयर सेन्टर प्रालिले ७,११,१३,१४८ रुपैयाँ, समानान्तर कंक्रिट उद्योग प्रालिले २,१२,४६,०२८ रुपैयाँ र जीएच मेडिहेल्थ कन्सर्न प्रालिले १,५६,५५,०५७ रुपैयाँ आयकर दाखिला गरेको आन्तरिक राजश्व कार्यालयका कर अधिकृत दिपक खनालले जानकारी दिनुभयो ।
धेरै कर तिर्ने ती संस्थाका सञ्चालकहरूलाई कार्यक्रमका प्रमुख अतिथि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले खादा ओढाएर तथा आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत ताराप्रसाद भुसालले कदरपत्र प्रदान गरी सम्मान गरिएको हो ।
यसैगरी, उक्त अवसरमा आन्तरिक राजश्व कार्यालय भक्तपुरका हल्का सवारी चालक रुद्रबहादुर खत्रीलाई पनि उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित गरिएको थियो । आन्तरिक राजश्व विभागले निर्धारण गरेको मापदण्ड पूरा गरेको आधारमा खत्रीलाई कदरपत्र र नगदसहित उत्कृष्ट कर्मचारीबाट सम्मानित गरिएको आन्तरिक राजश्व कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मानन्धरले जिल्लाका व्यापारी तथा व्यापारीहरूलाई समयमै कर तिर्न अभिप्रेरित गर्ने खालका विभिन्न कार्यक्रम संघले सञ्चालन गर्दै आएको बताउनु भयो । आन्तरिक राजश्व कार्यालय भक्तपुरले पनि जिल्लाका व्यापारी व्यवसायीलाई करसम्बन्धी शिक्षा प्रदान गरेर उनीहरूबाट वास्तविक कर उठाउन पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘भक्तपुर उद्योग वाणिज्य संघमा मात्रै जिल्लाका ३८ वटा वस्तुगत संघहरु आबद्ध छन् । ती वस्तुगत संघहरुमा पनि आबद्ध सयौं व्यापारी तथा व्यवसायीहरुलाई समेत समयमा कर तिर्दाको फाइदाबारे हामीले प्रशिक्षित गर्दै आएका छौं’, उहाँले भन्नुभयो ।
आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत ताराप्रसाद भुसालले यस वर्ष विभागले तोकेको मापदण्डअनुसार तीन क्षेत्रका उत्कृष्ट करदातालाई सम्मानित गरेको भन्दै आगामी दिनमा अन्य क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गर्ने योजना रहेको बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका