अर्घाखाँची । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत अर्घाखाँचीमा मतगणना जारी छ । एमाले सचिव टोपबहादुर रायमाझीले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।
६० हजार ७५३ मतगणना हुँदा रायमाझीले २९ हजार १९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा भुसालले २६ हजार ९७८ मत प्राप्त गर्नुभएको छ । रायमाझी र भुसालबीच दुई हजार ४१ मतको अन्तर छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बन्नुभएका हरिप्रसाद भुसालले २२०१ मत ल्याउनु भएको छ । करिब ३० हजार मत गन्न बाँकी छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका