दाङ क्षेत्र नं २ मा एमाले महासचिव पोखरेलले मतान्तर घटाउँदै

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । दाङ क्षेत्र नं २ मा एमाले महासचिव शंकर पोखरेलले मतान्तर घटाउँदै लग्नुभएको छ ।

जारी मतगणनाको पछिल्लो विवरण अनुसार गठबन्धनबाट उम्मेदवार रहनुभएको रेखा शर्मा १८२९० मत ल्याउँदा पोखरेलले १७०२० प्राप्त गर्दै पच्छ्यारहनु भएको छ । यसअघि दुई हजार बढी मतान्तर रहेको उहाँहरु बीच अहिलेको मतान्तर १२७० मात्र छ ।

यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका बिशाल अधिकारी १०११४ मत ल्याउँदै तेस्रोमा रहनु भएको छ ।

यहाँ अझै करिब २७ हजार मत गणना गर्न बाँकी छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?