जुम्ला प्रदेशसभा १ (क) मा स्वतन्त्र उम्मेदवार शाही विजयी

जुम्लामा गठबन्धन 'क्लिनस्वीप'

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र बहादुर शाहीले एक हजार ८९९ मत अन्तरले विजयी हुनुभएको छ ।
आज सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार शाही विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताउनुभयो ।

शाहीले कुल नौ हजार ६५४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फका नेपाली काङ्ग्रेस पार्टीका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले सात हजार ७५५ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी नेकपा एमालेका उम्मेदवार धिरेन्द्रराज गिरीले पाँच हजार ४७०, मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । त्यस्तै नेमकिपाका राजेश्वर देवकोटाले ६९४ मत प्राप्त गरेकाछन् । सो प्रदेशसभामा २४ हजार ७५५ मत खसेको थियो । एक हजार ८२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचित प्रदेशसभा सदस्य शाही वि।स २०७४ सालको प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गजेन्द्र बहादुर महत संग झन्डै दोब्बर मत अन्तरले पराजय हुनुभएको थियो । काङ्ग्रेसले प्रदेशमा टिकट नदिएपछि शाहीले स्वतन्त्रबाट उम्मेदवारी दिएका थियोे । जिल्लाको दुईवटै प्रदेशसभा सदस्यमा सत्ता गठबन्धन का उम्मेदवारले हार व्यहोर्नुपरेको छ।

जुम्लामा गठबन्धन क्लिन स्वीप भएको छ ।
जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन भएको थियो । प्रदेशसभा सदस्य (ख) मा एमालेका टेकराज पछाई निर्वाचित भइसकेका छन । संघीय सभा सदस्यको मतगणना चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?