गुल्मी १ मा कांग्रेसका भण्डारी र एमालेका ज्ञवालीबीच ११७ को मतान्तर

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मी क्षेत्र नम्बर १ को मतगणना चलिरहेको छ । यस क्षेत्रमा नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारी र नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीबीच मुख्य प्रतिस्पर्धा रहने देखिएको छ ।

अहिलेसम्म गरिएको मतगणना अनुसार नेपाली काँग्रेसका डा. भण्डारीले ३ हजार ९२५ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का ज्ञवालीले ३ हजार ८०८ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीच ११७ को मतान्तर रहेको छ ।

मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना कार्य आजदेखि सुरु गरिएको हो । जिल्ला समन्वय समितिको सभा हल र सडक पूर्वाधार विकास कार्यालयबाट मतगणना भइरहेको छ ।

दुई बौद्धिक नेताको रुपमा राष्ट्रिय राजनीतिमा छुट्टै पहिचान बनाउनुभएका भण्डारी र ज्ञवालीको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?