बैतडी प्रदेश सभा (ख) मा कांग्रेसका भट्ट विजयी

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीको प्रदेश सभा (ख ) मा नेपाली काङ्ग्रेसका शिवराज भट्ट विजयी भएका छन् । उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलाधर भट्टलाई ४३७ मतले पछि पर्दै विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली काङ्ग्रेसका शिवराज भट्टले १७ हजार १५३ मत ल्याउदा उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका लिलाधर भट्टले १६ हजार ७१६ मत ल्याए ।
पराजित एमालेका भट्ट २०७४ को निर्वाचन मा प्रदेश सभा सदस्य विजयी भएका थिए ।

बैतडी प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठवन्धनका बाट नेपाली काङ्ग्रेसले टिकट पाएको थियो । प्रदेश सभा ख मा ३७ हजार २८० मत खसेका थिए । त्यसमध्ये १ हजार ८२० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बैतडीको प्रदेशसभा (ख)मा पञ्चेश्वर, शिवनाथ, दोगडाकेदार गाउँपालिकासहित मेलौली नगरपालिका र दशरथचन्द नगरपालिका रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?