भलिबल संघ जापानको अध्यक्षमा बस्नेत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । जापानको टोकियोस्थित सिनओकुवोमा भएको दोस्रो अधिवेशनले आगामी दुई कार्यकालका लागि बस्नेतको अध्यक्षतामा पूरै कार्यसमिति नै निर्विरोध चयन गरेको हो ।

प्रथम उपाध्यक्षमा भिक्टर ठाडा मगर, उपाध्यक्षमा दिपेश खत्री र वसन्त थापा निर्वाचित हुनुभएको छ । महासचिवमा प्रकाशचन्द्र जोशी र सह–सचिवमा रविन सुवेदी निर्वाचित हुनुभयो । कोषाध्यक्षमा कमल खड्का र सह-कोषाध्यक्षमा केशव सुवेदी निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यमा मनोज केसी, राजेश थापा मगर, दिनेश थापा, देव हर्मा (माइला) र सविना छन्त्याल निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक तथा नेपाल भलिबल संघ गण्डकी प्रदेशका अध्यक्ष नवीनकुमार गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?