पोल्याण्ड र मेक्सिकोको बराबरी

Read Time = 2 mins

दोहा । कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ अन्तर्गत समूह ‘सी’ मा रहेको पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकिएको छ । दोहास्थित स्टेडियम-९७४ मा भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो । यस खेलसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन् ।

खेलमा कप्तान रोबर्ट लेवान्डोस्की खेलको ५८औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अंक बाँड्नुपरेको हो । लेवान्डोस्कीले कुना च्यापेर प्रहार गरेको फितलो सट मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआले उत्कृष्ट बचाउ गर्नुभयो । मेक्सिकोका हेक्टर मोरेनोले लेवान्डोस्कीलाई फउल गर्दै पेनाल्टी क्षेत्रमा लडाएपछि रेफ्रीले पोल्याण्डलाई पेनाल्टीको अवसर दिएको थियो ।

यस बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा एक अंक जोडेको छ । समूह ‘सी’ मा रहेको पोल्याण्ड दोस्रो स्थानमा छ । मेक्सिको एक अंक जोडेर तेस्रो स्थानमा छ । त्यस्तै, साउदी अरेबिया तीन अंक जोडेर शीर्षस्थानमा छ भने अर्जेन्टिना अंकविहीन रहँदै पुछारमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?