-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीमा लोकतान्त्रिक-वाम गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) विजयी हुनु भएको छ ।
गर्बुजा आफ्ना प्रतिद्धन्द्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा ३ हजार ८ सय ३२ मत बढी ल्याएर निर्वाचित हुनु भएको हो ।
प्रतिनिधि सभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा गर्बुजाले २४ हजार ०२१ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीमा कुल ५० हजार ६ सय २५ मत खसेकोमा गबुर्जाले २४ हजार २१ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गर्नुभयो ।
आइतवार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको म्याग्दीमा रोमबार राती ९ बजेदेखि मत गणना शुरु गरिएको थियो । धवलागिरि गाउँपालिका १ गुर्जाको मतदान केन्द्रको मत पेटिकाबाट सुरु भएको मतगणनामा गर्बुजाले सुरुवाती चरणदेखि नै अग्रता लिदै आएका थिए ।
जिल्लाभरी ८६ हजार १२० मतदाता रहेकोमा ५० हजार ६२५ मत खसेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच