अफगानिस्तानले एक करोड ७० लाख अमेरिकी डलर लिलाम गर्ने

Read Time = 1 min

काबुल/रासस । अफगानिस्तानको केन्द्रीय बैंक (डीएबी) ले राष्ट्रिय मुद्राको विनिमय दर लाई स्थिर गर्ने प्रयासको एक भागको रूपमा १७ मिलियन अमेरिकी डलर लिलाम गर्ने निर्णय गरेको छ । विगत केही सातादेखि विदेशी मुद्रा विशेषगरी अमेरिकी डलरको तुलनामा अफगानिस्तानको मुद्रा अफगानी मुद्रामा गिरावट आएको छ ।

गतसाता एक अमेरिकी डलरको विनिमय दर ८८ अफगानी थियो भने मंगलबार स्थानीय मुद्रा सटही बजारमा यो दर ८९ अफगानी थियो । विगत केही महिनायता संकटग्रस्त अफगानिस्तानको केन्द्रीय बैंकले विदेशी मुद्राको तुलनामा अफगानीको अवमूल्यन रोक्नका लागि देशको मुद्रा परिवर्तन गर्ने बजारमा लाखौं अमेरिकी डलर भित्राएको छ ।

युद्धग्रस्त एसियाली मुलुक अफगानिस्तानको अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्न अन्तर्राष्ट्रिय समुदायको मानवीय सहायताअन्तर्गत गतवर्ष एक अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढी नगद प्राप्त गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?