‘छक्का पञ्जा-४’ को डिजिटल राइट ओएसआरलाई

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले किनेको छ । ओएसआर डिजिटल र दीपकराज गिरीबीच डिजिटल राइटका लागि कागजी सम्झौता भएको हो । ओएसआरका सञ्चालक ओमप्रकाश अग्रवालका अनुसार ‘छक्का पञ्जा ४’ को ब्रान्ड भ्यालु अनुसार राम्रो मूल्यमा डिजिटल राइट ओएसआर डिजिटलले लिएको हो । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको ‘छक्का पञ्जा–४’ लाई हेमराज बिसीले निर्देशन गर्नुभएको हो ।

फागुन १९ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायत कलाकारको अभिनय छ । दीपक-दीपा प्रस्तुतकर्ता रहेको चलचित्रमा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुनुहुन्छ । चलचित्रका छायांकार नरेन्द्र मैनाली हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?