काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करण मा नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोला शीर्ष १० मा पुग्न सफल हुनुभएको छ । मंगलबार शीर्ष १० मा पर्ने प्रतियोगीहरूको नाम घोषणा गर्ने क्रममा उहाँ यस दौडमा आफूलाई सुरक्षित राख्दै अर्को चरणमा प्रवेश गर्नुभएको हो ।
एकपछि अर्को चरणमा राम्रो प्रस्तुति दिँदै आउनुभएकी परिजितालाई विश्वभरि छरिएर रहेका नेपाली तथा विदेशीहरूले मत दिएको कारण उहाँ १०औं स्थानभित्र पर्न सफल हुनुभएको छ । परिजिताले बेलायती गायिका अडेलको ‘अल आई आस्क’ नामक गीत प्रस्तुत गर्नुभएको थियो ।
गीत प्रस्तुतिमा कोच जोन लिजेन्डले उहाँको पहिरनको विशेष तारिफ पनि गर्नुभएको थियो । ‘तपाईंले जहाँको प्रतिनिधित्व गर्नुहुन्छ, त्यसलाई तपाईंले निकै राम्रोसँग प्रस्तुत गरिरहनु भएको छ । तपाईंको स्वर निकै फरक छ, हरेक गीत सजिलै गाउन सक्नुहुन्छ’, जोनले भन्नुभयो ।
परिजिताले ‘द भोइस’ मा आफ्नो प्रस्तुति दिन पाउँदा आफू निकै खुशी भएको र आफूलाई यो यात्रामा माया र समर्थन गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । उहाँको गायन शैलीलाई भोइसका चारैजना कोचले तारिफ गर्ने गरेका छन् । उहाँले गाउने अंग्रेजी गीतहरूमा आफ्नो पन दिने गरेको भन्दै निर्णयकहरूले उनको प्रसंसा गर्ने गरेका छन् ।
परिजिताले सुरुदेखि नै नेपाली पोशाकमा आफ्नो प्रस्तुति दिँदै आउनुभएको छ । नेपाली खाना दाल भात तरकारी मन पर्छ भन्ने परिजिताले हलिउडमा नेपाललाई चिनाउने लक्ष्य लिनुभएको छ । परिजितालाई भोट गर्नका लागि अमेरिका र संसारभरका नेपालीहरू र तिनका संघसंस्थाले अभियान नै चलाउँदै आएका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका