काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब २० प्रतिशतले वैदेशिक व्यापार घटेको छ । गत आर्थिक वर्ष २०७७÷२०७८ को पहिलो चौमासिक अवधिको तुलनामा यस वर्ष चार महिनामा वैदेशिक व्यापार १९.७९ प्रतिशतले घटेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको निर्यात पनि ३३.३ प्रतिशतले घटेको छ । चालु आवको पहिलो चार महिनामा पाँच खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बराबरको आयात भएको छ भने निर्यात ५४ अर्बमा खुम्चिएको छ ।
अघिल्लो आवको सोही अवधिमा छ खर्ब ५० अर्ब २९ करोडको आयात भएको थियो भने ८२ अर्ब १२ करोडको निर्यात भएको थियो । आयात घटेसँगै व्यापारघाटामा १५ प्रतिशतले कमी आएको छ ।
हाल व्यापारघाटा चार खर्ब ७७ अर्ब ९१ करोड रहेको छ, अघिल्लो वर्ष सोही अवधिमा पाँच खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ थियो । तर, गत वर्षको सोही अवधिको आयात–निर्यात अनुपात ७.९२ बाट बढेर चालु आवमा ९.७३ पुगेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका