सिजी टिभीको विश्वकप अफर

Read Time = 2 mins

काठमाडौं । सिजी ब्राण्डले विश्वकप फुटबलका अवसरमा ग्राहकका लागि विशेष योजना ल्याएको छ । योजनाअन्तर्गत सिजीका उत्कृष्ट टेलिभिजन खरिदमा ५० हजार नौ सय रुपैयाँसम्म आकर्षक क्यासब्याक रहेको छ ।

विशेष योजनाको लाभ उठाई ग्राहकले उचित मूल्यमा उत्कृष्ट फुटबल हेराइको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ । नेपालको आफ्नै ब्राण्ड सिजीले नेपालकै एकमात्र ‘गुगल-सर्टिफाइड टिभी’ बजारमा ल्याएको थियो, जसमा ग्राहकले विशिष्ट फुटबल हेराइको आनन्द लिन सक्ने बताइएको छ ।

कम्पनीका अनुसार उत्कृष्ट पिक्चर क्वालिटीलगायत एन्ड्रोइड सिस्टमको सबै फिचरसहित सिजीसँग फुटबलप्रेमीहरूले वल्र्डकपको पूर्ण मजा लिन सक्नेछन् । सिजी ब्राण्डका टिभी २४ इन्चदेखि ७५ इन्चमा उपलब्ध छन् । जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीका साथै एन्ड्रोइडसहितका नेपालकै एकमात्र गुगल सर्टिफाइड टिभी उपलब्ध छन् भने हरेक सिजी टिभीमा तीन वर्षको वारेन्टीसमेत रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?