उपत्यका सबै ठाउँमा यसै वर्षभित्र एफटिटिएच

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा फाइबर टु द होम (एफटिटिएच) सेवा विस्तार गर्ने भएको छ । चालु आवको अन्त्यसम्म काठमाडौंका काँठ र ग्रामीण क्षेत्रसम्म एफटिटिएच विस्तार गरिने टेलिकमले जनाएको छ ।

कम्पनीले सन् २०१५ जनवरीदेखि पाइलट प्रोजेक्टका रूपमा एफटिटिएच सेवा सुरु गरेको थियो । सन् २०१७ देखि भने व्यावसायिकरूपमा सेवा आरम्भ भएको नेपाल टेलिकमले जनाएको छ ।

कम्पनीका अनुसार हालसम्म ६८ जिल्लाका मुख्य-मुख्य शहरमा फाइबर सेवा पुगेको छ । गत वर्षमात्र एफटिटिएचको दुई लाख २६ हजार पोइन्ट जोडिएकोमा चालु आवमा एफटिटिएचका तीन लाख पोइन्ट जोड्ने कार्यक्रम रहेको छ । हालसम्म एफटिटिएच सेवाका लागि देशभर नौ लाख ५५ हजार छ सय ६६ पोइन्ट जोडिएको छ । हाल यो सेवाका ग्राहक दुई लाख ८६ हजार छन् ।

हालसम्म डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, रुकुम पूर्व, रुकुम पश्चिम, बझाङ र बाजुरामा एफटिटिएच सेवा पुग्न सकेको छैन ।
एफटिटिएच प्रविधिबाट इन्टरनेटका साथै ग्राहकले टेलिभिजन र टेलिफोन सेवा पनि पाउनेछन् । यो प्रविधि जोड्नेले एक महिनामा मोबाइलमा १०६ जिबी डाटा पनि निःशुल्क पाउने व्यवस्था गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?