काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त मत परिणामअनुसार प्रतिनिधिसभामा सबैभन्दा धेरै क्षेत्रमा नेपाली कांग्रेसले जित हात पारेको छ । बुधबार अबेरसम्मको अन्तिम परिणामअनुसार कांग्रेसले प्रतिनिधिसभामा २० सिटमा जित हात पारेको छ भने ३६ सिटमा अग्रता बनाएको छ । हालसम्म जित हात पारेका स्थान र अग्रताका हिसाबले कांग्रेस पहिलो दल बन्ने बाटोमा देखिएको छ । दोस्रोमा कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले प्रतिनिधिसभाका आठ क्षेत्रमा जित हात पारेको छ भने ३६ सिटमा अगाडि छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने यसपालिको चुनावमा खुम्चिने देखिएको छ ।
तेस्रोमा चुनावअघि मात्रै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छ । रास्वपाले चार सिटमा जित हात पारेको छ भने चार सिटमै अग्रता बनाएको छ । नेकपा माओवादी केन्द्रले तीन सिट जितेको भने १३ सिटमा अग्रता बनाएको छ । नेकपा (एकीकृत समाजवादी)ले दुई सिटमा जित हात पारेको छ भने सात सिटमा अग्रता बनाएको छ । यस्तै, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले समान एक÷एकसिट जितेका छन् । जसपा पाँच, राप्रपा चार, नागरिक उन्मुक्ति एक सिटमा अगाडि छ । एक क्षेत्रमा स्वतन्त्रले जितेका छन् भने पाँच ठाउँमा स्वतन्त्र उम्मेदवार अगाडि छन् ।
प्रदेशसभा सदस्यमा पनि सबैभन्दा धेरै कांग्रेसले नै जितेको छ । प्रदेशका ४० क्षेत्रमा जितेको कांग्रेस ४७ सिटमा अगाडि छ । नेकपा एमालेले १६ क्षेत्रमा जित हात पार्दा ७२ क्षेत्रमा अग्रता बनाएको छ । माओवादी केन्द्रले ११ ठाउँमा जित्दा ३८ ठाउँमा अग्रता बनाएको छ । प्रदेशसभा सदस्यमा आठजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने पाँच ठाउँमा अग्रता बनाएका छन् । प्रदेशसभामा राप्रपाले चार सिट जित्दा सात सिटमा अग्रता बनाएको छ । जनमत पार्टीले चार सिट जित्दा दुई सिटमा अग्रता बनाएको छ । प्रदेशमा तीन सिट जितेको जसपा १० ठाउँमा अगाडि छ । एकीकृत समाजवादीले दुई सिट जितेको छ भने १२ सिटमा अग्रता बनाएको छ । नागरिक उन्मुक्तिले दुई सिट जित्दा चार सिटमा अग्रता बनाएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभामा एक सिट जितेको छ भने सात सिटमा अग्रता बनाएको छ ।
समानुपातिकमा एमाले पहिलो, राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीलाई उछिन्यो
प्रतिनिधिसभामा सबैभन्दा धेरै सिट जितेको कांग्रेस समानुपातिकमा भने एमालेभन्दा पछाडि छ । बुधबार अबेरसम्मको मत परिणामअनुसार समानुपातिकमा एमालेले सबैभन्दा धेरै तीन लाख १८ हजार बढी मत प्राप्त गरेको छ । कांग्रेस दुई लाख ९५ हजार बढी मतका साथ एमालेलाई पछ्याइरहेको छ । समानुपातिकमा सुरुवातदेखि नै एमाले कांग्रेसभन्दा अगाडि रहँदै आएको छ । तेस्रोमा भने नवगठित रास्वपा रहेको छ । रास्वपाले एक लाख ५९ हजार बढी मत प्राप्त गरेको छ । माओवादी केन्द्र रास्वपाभन्दा पनि पछाडि छ । माओवादीले एक लाख ४३ हजार बढी मत प्राप्त गरेको छ । अहिलेसम्मको मत परिणामअनुसार प्रतिनिधिसभा समानुपातिकमा माओवादी केन्द्र चौथो स्थानमा छ ।
पाँचौँ स्थानमा राप्रपा रहेको छ । राप्रपाले ८३ हजार बढी मत प्राप्त गरेको छ । जसपा ३० हजार मतका साथ छैटौँमा छ भने नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी क्रमशः सातौँ र आठौँ स्थानमा छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका