गोरखा-२ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारी मतले विजयी

हिमालय टाइम्स
Read Time = 1 min

गोरखा । गोरखा-२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा सदस्य पदमा भारी मतले विजयी हुनुभएको छ ।

दाहालले २६ हजार १ सय १ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीलाई पराजित गर्नुभएको हो ।

बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत ल्याउँदा एमालेका अब्दुस मिँयाले ७ हजार ३ सय ९२ मत प्राप्त गर्नुभएको छ । त्यहाँ एमाले तेस्रो भएको छ।

प्रचण्ड अघिल्लो पटक चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य चुनिनुभएको थियो। उहाँ ४८ हजार २ सय ७६ मतका साथ राप्रपाका विक्रम पाण्डेलाई पराजित गर्दै २०७४ मा निर्वाचित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?