म्याग्दी । नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचन जितेको छ । निर्वाचन जितेसँगै दुई दशक पछि देशमा नीति निर्माण र सुशासन कायम गराउने थलो संसदमा म्याग्दी कांग्रेसको पनि प्रतिनिधित्व हुने भएको छ ।
२०५६ साल पछि पहिलो पटक म्याग्दी कांग्रेसका सभापतिसमेत रहनुभएका खमबहादुर गर्वुजा (खमवीर)ले तेस्रो प्रयासमा प्रतिनिधि सभा निर्वाचनमा विजय प्राप्त गर्नुभएको हो । २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट नेपाली सेनाका सेवा निवृत्त म्याग्दीका कर्नेल स्व.नारायणसिं पुन विजयी हुनुभएको थियो । । त्यस यता म्याग्दी कांग्रेसले विजय प्राप्त गर्न सकेको थिएन ।
गर्वुजा यसअघि ०७० सालको आम निर्वाचनमा नेकपा एमालेका नवराज शर्मासँग र ०७४ सालको आम निर्वाचनमा नेकपा एमालेकै भुपेन्द्रबहादुर थापासँग पराजित हुनुभएको थियो । त्यसैगरी ०६४ सालमा समानुपातिक तर्फ नाम सिफारिस भएपनि निर्वाचित हुन सँनुभएको थिएन ।
तर आइतवार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक–वाम गठवन्धनको तर्फदेखि उम्मेदवार बन्नुभएका गर्बुजाले तेस्रो प्रयासमा फराकिलो मतान्तरले विजय प्राप्त गनुृभएको हो ।
गर्बुजाले २४ हजार २१ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्दी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गनुृभयोे । प्रतिद्धन्द्धी नेकपा एमालेका श्रेष्ठले भन्दा ३ हजार ८ सय ३२ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका