बर्दिया २ को (क) मा कांग्रेसका जन्मजय तिमिल्सिना विजयी

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । बर्दिया क्षेत्र नं २ को प्रदेश सभा तर्फ (क) मा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहनुभएका जन्मजय तिमिल्सिना ५ हजार ६७ मतान्तरले बिजयी हुनु भएको हो ।

उहाँका निकटम प्रतिद्धन्द्धि नागरिक उम्मुक्ति पार्टीका प्रदेशी चौधरीले १२ हजार १ सय ८४ मत ल्याउँदा तिमिल्सिनाले १७ हजार २ सय ५१ मत ल्याउनुभएको हो ।

यसैगरी नेकपा एमालेका लहनु चौधरीले १० हजार ६ सय ४३ मत ल्याउनु भएको छ भने राप्रपाका कन्हैयालाल थारुले ५ हजार ३ सय २४ मत ल्याउनु भएको छ ।

यस्तै क्षेत्र न २ प्रदेश सभा (ख) मा नेकपा एमालेका भक्तबहादुर विकले अग्रता लिइरहनु भएको छ । उहाँले ५ हजार १ सय ३२ मत ल्याउनु भएको छ भने नेकपा माओवादी केन्द्रका अञ्जु दहितले ४ हजार ४ सय ९० मत ल्याउँदै पछयाइरहनु भएको छ ।

यस अघि क्षेत्र नं १ को (क) मा नेपाली कांग्रेसका भुवनेश्वर चौधरी विजयी हुनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?