रौतहट । रौतहटमा आगलागी हुँदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ । सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा आगलागी हुँदा बुधबार राति उनीहरूको मृत्यु भएको हो ।
गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ ।
आगलागीमा गम्भीर घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।
आगलागीमा परी इस्लामका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन घाइते हुनुभएको छ । घाइतेको गौर अस्पतालमा उपचार भइरहेको छ ।
पसलसँगै रहेको घरमा राखिएको कपासमा विद्युत् सर्ट भई आगो लागेको अनुमान गरिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका