कालिकोट प्रदेशसभा (क) मा गठबन्धनका उम्मेदवार रावत विजयी

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालिकोट । कालिकोटको निर्वाचन क्षेत्र नम्बर १ (क) को प्रदेशसभा तर्फ गठबन्धनका साझा उम्मेदवार दुर्ग बहादुर रावत विजयी हुनुभएको छ ।

उहाँले ९ हजार ११ मत ल्याएर विजयी हुनुभएको हो । कर्णाली प्रदेशका पूर्व भूमी ब्यवस्था तथा कृर्षी मन्त्री एवं नेकपा एमाले कालिकोटबाट प्रदश सभामा उम्मेदवार रहनुभएका कुर्मराज शाहीलाई १ हजार ५९ मतले पराजित गर्दै रावत विजयी हुनुभएको हो ।

एमालेका कुर्मराज शाहीले हजार ७ हजार ९ सय ५१ मत प्रााप्त गर्दै हार व्यहोर्नु भएको छ । प्रदेश (क) मा ३५ हजार ३ सय ५१ मतदाता मध्ये कुल १९ हजार १ सय ३१ मत खसेको थियो । जसमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावतले ९ हजार ११ पाउनुभएको छ ।

राप्रपाका सूर्यबहादुर शाहीले १ हजार ७१ मत प्राप्त गर्नुभयो भने नेमकिपाका रबिन्द्रबहादुर शाहीले १ हजार १ सय २७ मत ल्याउनुभयो । प्रदेश (क) मा जम्मा ७ सय २५ मत बदर भएको छ । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचमा रावतले २१ हजार १ सय १२ मत ल्याएर सांसद बन्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?