रोल्पाबाट माओवादी केन्द्रका नेता वर्षमान पुन निर्वाचित

फाइल तस्बिर

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । रोल्पाबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन निर्वाचित हुनुभएको छ ।

एमालेका पूर्ण बुढा मगरलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै नेता पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

पुनले ४१ हजार ७१४ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका बुढा मगरले १६ हजार ४८५ मत पाउनुभयो ।

यसैगरी राप्रपाका लीला रावलले २ हजार ५५६ र राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले ८०३ मत पाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?