रूपन्देही-२ को १ बाट पूर्वमन्त्री लिला गिरी विजयी

हिमालय टाइम्स
Read Time = 1 min

भैरहवा । रूपन्देहीको क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट नेकपा एमालेका लिला गिरी विजयी हुनुभएकाे छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रीको पद सम्हालेका गिरी १७ हजार ६३२ मतसहित विजयी हुनुभएकाे हाे ।

उहाँले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई २ हजार ७३५ मतले पराजित गर्नुभएकाे हाे । केसीले  १४ हजार ८ सय ९७ मत प्राप्त गर्नुभयाे ।

६३ हजार ५ सय ३ मतदाता रहेको प्रदेश सभा १ मा २ हजार २ सय ५४ मत बदर भएको छ भने ३८ हजार ५ सय २६ मत सदर भएको छ । विजयी भए पनि औपचारिक घोषणा सबै मतगणना सकिएपछि गरिने निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।

निर्वाचित गिरी लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री दाबेदारको रुपमा चर्चामा रहनुभएकाे छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?