गुल्मी । गुल्मी क्षेत्र नम्बर-१ को मतगणना चलिरहेको छ । यस क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारी र नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव प्रदीप कुमार ज्ञवालीबीच मुख्य प्रतिस्पर्धा रहने देखिएको छ ।
अहिलेसम्म गरिएको मतगणना अनुसार नेपाली काँग्रेस नेता डा. भण्डारीले १३ हजार ३०४ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का ज्ञवालीले १२ हजार ४९३ मत प्राप्त गर्नुभएको छ । भण्डारी र ज्ञवालीबीच ८११ को मतान्तर रहेको छ ।
मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना कार्य बुधबार दिउँसोदेखि सुरु गरिएको हो । जिल्ला समन्वय समितिको सभा हल र सडक पूर्वाधार विकास कार्यालयबाट मतगणना भइरहेको छ ।
राष्ट्रिय राजनीतिमा छुट्टै पहिचान बनाउनुभएका भण्डारी र ज्ञवालीको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । हालसम्म यस क्षेत्रको कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका र सत्यवती गाउँपालिकाको मतगणना सकिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच