सिरहा ४ (क) बाट जनमतका त्रिभुवन साह निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

सिरहा । सिरहामा पनि जनमत पार्टीले खाता खोलेको छ। सिरहा ४ (क) मा प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित हुनुभएकाे छ ।

साहले माओवादी केन्द्रका महेन्द्र पासवानलाई एक हजार १४६ मतले पछि पार्दै निर्वाचित हुनुभएकाे हाे ।

साहले ८ हजार २२९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी पासवानले ७ हजार ८३ मत प्राप्त गर्नुभएकाे छ । एमालेका प्रकाश महासेठ ६ हजार ८७८ मत ल्याएर तेस्रो स्थानमा सीमित हुनुभयाे । सिराहा ४ (ख) मा पनि जनमत पार्टीका संजय सिंहले अग्रता कायम राख्नु भएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?