धादिङ । धादिङ क्षेत्र नम्बर २ मा कांग्रेसले अग्रता लिएको छ । ५८ हजार ८ सय ८३ मतगणा हुँदा कांग्रेसका रामनाथ अधिकारीले २९ हजार १ सय ७१ मत पाउनु भएको छ । नेकपा एमालेका खेम लोहनीले २१ हजार ६३ मत ल्याउनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बसुमाया तामाङले ४ हजार २ सय ५३ मत ल्याउनु भएकाे छ । अब ८ हजार ७ सय १८ मत गन्न बाँकी रहेको छ ।
यस्तै धादिङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता कायमै छ । पाण्डेले २४ हजार ८ सय १५ मत ल्याउनु भएको छ । एमालेका भूमिप्रसाद त्रिपाठीले २० हजार ५ सय ६६ मत पाउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १० हजार ३ सय २८ मत पाउनु भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका