भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल विजयी

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल भारी मतले विजयी हुनुभएको छ ।

भर्खरै सम्पन्न मतगणनामा सुवाल ४२ हजार सात सय ५९ मतका साथ विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज गेलालले ११ हजार नौ सय ५८ मत प्राप्त गर्नुभयो । सुवालले गेलाललाई ३० हजार आठ सय एक मतान्तरलेपछि पार्नुभएको हो ।

त्यसैगरी राप्रपाका भरतबहादुर खड्काले नौ हजार तीन सय तीन र सत्ता गठबन्धनका तर्फका साझा उम्मेदवारका रुपमा नेकपा (माओवादी केन्द्र)का सुनिल गोठेले पाँच हजार दुई सय ८३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताउनुभयो ।

भक्तपुर १ मा २०७४ सालको निर्वाचनमा नेमकिपाका सुवाल ३३ हजार ७६ मतका साथ विजयी हुनुभएको थियो । उहाँका प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ र माओवादी केन्द्रका मिलन सुवालले १५ हजार तीन सय ७४ मत प्राप्त गर्नुभएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार भक्तपुर क्षेत्र नं १ मा कूल एक लाख एक हजार दुई सय ६१ मतदाता रहेका छन् । त्यसमध्ये ४९ हजार आठ सय ३९ पुरुष र ५१ हजार चार सय २२ महिला छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?