सप्तरी १ मा जसपा र ३ मा काँग्रेसका उम्मेदवार विजयी

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार दिनेश कुमार यादव विजयी
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ताराकान्त चौधरीलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।

यादवले २६ हजार १६६ मत प्राप्त गर्नुभयो भने चौधरीले २२ हजार ३०० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यादव चौथो प्रयासमा जनताबाट अनुमोदित हुनु भएको हो । उहाँ २०६४ देखि प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्दै आउनु भएको थियो । तर यादवले दोस्रो स्थानमा चित्त बुझाउँदै आउनु परेको थियो ।

यसैगरी सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा तथा मधेश प्रदेशका सामाजिक विकास मन्त्री समेत रहनुभएका जनता समाजवादी पार्टी उम्मेदवार नवल किशोर साह (सुडी) विजयी हुनु भएको छ ।

निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार डा. जयाकान्त राउतलाई पराजित गदैं उहाँ विजयी हुनु भएको हो ।

मन्त्री साहले २३ हजार ५६४ मत प्राप्त गर्दा राउतले १९ हजार ९९२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?