डडेल्धुरा । आईतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदश्य निर्वाचनका लागि भएको मतदानको मतगणना सम्पन्न भएसँगै डडेल्धुरामा दुई जना मन्त्री पराजित हुनुभएको छ ।
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र क मा २०६४को संबिधान सभा निर्वाचनदेखि संबिधान कार्यान्वयनको पहिलो संघिय संसदिय निर्वाचनसम्म तेस्रो पटक हार व्यहोरेका माओबादी केन्द्रका नेता, गठबन्धनका उम्मेदवार खगराज भट्ट विजयी हुनु भएको छ । प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ख २०७० र २०७४ को संघिय संसदिय निर्वाचनमा पराजित भएका पूर्व एमाले नेता तथा स्वतन्त्र उम्मेदवार डा. तारा प्रसाद जोशी विजयी हुनु भएको छ ।
भट्टसँग निकटतम प्रतिस्पर्धि रहनुभएका पूर्व सुदूरपश्चिम प्रदेश भौतिक पूर्बाधारमन्त्री पठान सिंह बोहरालाई २९१७ मतले पछि पार्दै १२ हजार १ सय १२ मत सहित विजयी हुनु भएको हो । यता जोशीले पनि आफ्ना निकटतम प्रतिस्पर्धि प्रदेश सामाजिक विकास मन्त्री गोबिन्द बोहरालाई ४२५ मतले पछि पार्दै ११ हजार १ सय ६२ मतले विजयको सफलता प्राप्त पार्नुभयो ।
डडेल्धुरामा प्रतिनिधि सभा सदश्यमा बर्तमान प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा र प्रदेश क मा गठबन्धनका खगराज भट्ट र प्रदेश ख मा स्वतन्त्र उम्मेदवार डा. तारा प्रसाद जोशी निर्वाचित हुनु भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका