दोहा । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेन आफ्नो पहिलो खेलमा कोस्टारिकामाथि क्रुर देखिएको छ । कतारको अल थुमा स्टेडियममा बुधबार राती भएको खेलमा कतारले कोस्टारिकालाई ७-० गोल अन्तरले पराजित गरेको हो । स्पेनले खेलको पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ४ गोल गर्यो । स्पेनको जितमा फेरान टोरेसले दुई गोल गर्नुभयो भने डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक-एक गोल गर्नुभयो ।
स्पेनले खेलको ११औँ मिनेटमा ओल्मोको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको २१औँ मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २–० को बन्यो । खेलको ३१औँ मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि स्पेन पहिलो हाफमा ३-० ले अघि रहृयो ।
कोस्टारिकाका ओस्कारले जोर्डी अल्बालाई पेनाल्टी एरियाभित्र फउल गर्दै लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको हो । खेलको ५४औँ मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४-० को अग्रता दिलाउनुभयो । ७५औँ मिनेटमा गाभीले गोल गर्दै स्पेनलाई ५-० ले अघि बढाउनुभयो । गाभीले उत्कृष्ट भलीमार्फत् गोल गर्नुभएको थियो ।
खेलको ९०औँ मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई ६-० को अग्रता दिलाउनुभयो । त्यसपछि खेलको इन्जुरी समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७-० गोलको फराकिलो जित दिलाउनुभयो । यस जितसँगै समूह ‘ई’ को स्पेनले पहिलो खेलमै तीन अंक जोडेको छ ।
विश्वकपका अहिलेसम्मका खेलमा अप्रत्याशित नतिजाहरू आएका छन् । अर्जेन्टिना पहिलो खेलमा हार्दा, यसै समूहको अर्को राष्ट्र जर्मनी जापानसँग पराजित भएको थियो । लगत्तै स्पेनले सानदार सुरुवात गरेको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका