न्यूयोर्क । अमेरिकी र्यापर कान्ये वेष्टले सन् २०२४ का लागि अमेरिकी राष्ट्रपति चुनाव लड्ने हुनुभएको छ । वेष्टले आफ्नो चुनावी अभियानको पुष्टि गर्नुभएको हो ।
सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प प्रतिस्पर्धीको रूपमा हुन् भन्ने चाहना उहाँले राख्नुभएको छ । साथै ट्रम्पले पनि सन् २०२४ को राष्ट्रपति चुनावका लागि उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।
‘हामीले परमेश्वरलाई विश्वास गर्दै, एकीकृत भएर भविष्य निर्माणका लागि गरेको प्रतिज्ञालाई महसुस गर्नुपर्छ । म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि भाग लिँदैछु,’ वेष्टले ट्वीटरमा लेख्नुभएको छ ।
राष्ट्रपति चुनावको चार महिनाअघि मात्रै वेष्टले अचानक उम्मेदवार बन्ने घोषणा गरेकोमा धेरैले आश्चर्य प्रकट गरेका छन् । तर, वेष्टले उम्मेदवारीका लागि प्रशासनिक कागजात तयार पारेको बारे केही जनाउनु भएको छैन । तर, अधिकांश राज्यमा उम्मेदवारी दर्ता गर्ने अवधि सकिएको छैन । यसअघि वेष्ट र उहाँकी पत्नी चर्चित सेलिब्रिटी किम कार्दसियनले यसअघि नै हृवाइटाउसमा पुगेर ट्रम्पलाई भेट गर्नुभएको थियो । वेष्टले यसअघि सन् २०२० मा पनि अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने प्रयास गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच