शताब्दी पुरुष जोशीलाई समर्पित कला प्रदर्शनी हुँदै

Read Time = 2 mins

काठमाडौं । वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई समर्पित नेपालका देवीदेवताहरू नामक कला प्रदर्शनी गरिने भएको छ । नेपाल कला परिषद्को ६०औं वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औं स्वर्ण वर्षको उपलक्ष्यमा परिषद्ले मंसिर ११ देखि २५ सम्म प्रदर्शनी गर्ने भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त प्रदर्शनीको उद्घाटन गर्ने परिषद्ले जनाएको छ ।

प्रदर्शनीमा नेपालका देवीदेवताहरू नामक बृहत कला, परम्परागत र समसामयिक कलालाई एउटै धरातलमा ल्याउने उद्देश्य रहेको आयोजकले जनाएको छ । प्रदर्शनी संयोजक स्वस्ति राजभण्डारी कायस्थले नेपालका देवीदेवता नामक ठूलो कला प्रदर्शनी पहिलोपटक हुन लागेको जानकारी गराउनुभयो ।

प्रदर्शनीमा १८० कलाकारले बनाएको कला प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । नेपालका देवीदेवताहरू नामक कला प्रदर्शनीले नेपालको कलात्मक सम्पदाको संरक्षण हुने विश्वास आयोजकको छ । प्रदर्शनीमा विभिन्न विषयमा गोष्ठीसमेत हुने बताइएको छ । परिषद्का अध्यक्ष सागर शमशेर राणाले नेपालको कला, कलाकारलाई उत्थान गर्ने तथा हस्तकला र कलाकृतिको मागलाई पूरा गर्न सकोस् भन्ने उद्देश्यले प्रर्दशनी गर्न लागिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?