थाली नृत्यमा अब्बल एलिजिवा

Read Time = 2 mins

काठमाडौं । युवा पुस्तामा मौलिक थाली नृत्यप्रति आकर्षण बढ्दै गएको छ । गीतको लय र शब्दसँगै हातमा थाल राखेर गरिने थाली नृत्य विशेषत पश्चिम नेपालमा बढी नाचिने भए पनि पछिल्लो समय देशमामात्र सीमित नभई सात समुद्रपारि प्रवासमा समेत यो नाचको माग बढिरहेको छ । थाली नृत्यलाई पेशाको रूपमा अँगाल्दै यसै क्षेत्रमा समर्पित चर्चित नृत्यांगनाको नाम हो एलिजिवा पुर्जा पुन ।

म्याग्दी, धौलागिरि गाउँपालिका-६ मा २०३० सालमा जन्मिनुभएकी एलिजिवा पुर्जा पुन लामो समयदेखि थाली नाचको प्रचारप्रसार र प्रवद्र्धनमा खट्ँदै आइरहनु भएको छ । सावधानीपूर्वक गरिने थाली नृत्य मौलिक, आकर्षक र संयमित भएकाले लोकप्रिय बनेको हो ।

मेला महोत्सव र दर्जनौ स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति पस्कँदै आउनुभएकी पुन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित छैटौं टुबोर्ग राष्ट्रिय रनिङ सिल्ड खुला दोहोरी गीत प्रतियोगिता २०७८ बाट मौलिक थाली नृत्यबाट सम्मानित हुनुभएको थियो भने हालै सम्पन्न जय प्राप्ति म्युजिक अवार्ड २०७९, दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड २०७९ लगायत अवार्ड तथा सम्मानबाट सम्मानित भइसक्नु भएको छ । यस्तै, साहरा नेपालद्वारा आयोजित नौमती पञ्चेबाजा प्रतियोगिताको निर्णायक मण्डलमा संलग्न रहनुभएकी नृत्यांगना पुन मगर संघ सम्पर्क समन्वय केन्द्रीय समिति म्याग्दीकी कोषाध्यक्षमा रहेर पनि कुशल कार्य सम्पादन गर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?