सेयर बजार दोहोरो अंकले बढ्यो

Read Time = 2 mins

काठमाडौं । निर्वाचनपछि लगातार घट्दो क्रममा रहेको सेयर बजार बिहीबार भने दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ अंकमा पुगेको हो । यस दिन दुई सय ३२ कम्पनीका २५ लाख ६९ हजार दुई सय २९ कित्ता सेयर ९२ करोड ५१ लाख ७४ हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका सबै समूहको सूचक बढेका छन् । बैंकिङ ५.९५, विकास बैंक ३७.९०, वित्त कम्पनी १८.१०, जलविद्युत् ११.६३, जीवन बीमा २६.८५, उत्पादन तथा प्रशोधन ६०.२९, माइक्रोफाइनान्स २७.३७, अन्य समूहको २४.२५ अंकले बढेको छ ।

घलेम्दी हाइड्रो, आरएमडिसी लघुवित्त वित्तीय संस्था, साइन रेसुंगा विकास बैंक, कामना सेवा विकास लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य बढेको छ भने किसान लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त, ङादी हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर कम्पनीको घटेको छ ।

कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको साइन रेसुंगा विकास बैंकको सात करोड ६२ लाख ४८ हजार चार सय एक रुपैयाँको सेयर कारोबार भएको छ भने दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्टिलरी र एनआइसी एसिया बैंक रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?