सेन्साइको विश्वकप अफर

Read Time = 1 min

काठमाडौं । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साइले ‘विश्वकप च्याम्पियन अफर’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले सेन्साई टिभी खरिद गर्दा ३० हजार एक सय रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् ।

साथै एक भाग्यशालीले बम्पर उपहारअन्तर्गत ६५ इन्चको फोरके वेबओएस टिभी जित्न सक्नेछन् । ग्राहकले आफूलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साइ टाइप गरी आफ्नोे नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नुपर्नेछ ।

योजना सीमित अवधिका लागि नेपालभरि लागू हुने कम्पनीले जनाएको छ । नेपालमा सेन्साइ ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?