वेस्टर्न युनियनको १० तोला सुन विजेता सुनुवार

Read Time = 2 mins

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरूले आफ्नो दशैँलक्षित सुनपति अभियानको विजेता रेविका सुनुवारको नाम सार्वजनिक गरेका छन् । विजेताले बम्पर लक्की ड्रमार्फत् १० तोला सुन जित्नुभएको छ ।

वेस्टर्न युनियनका सुपर एजेन्टहरू, एटिटी रेमिट, सिजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिबीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको कम्पनीले जनाएको छ ।

नेपालमा २५ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैँ, तिहार र छठलाई लक्षित गरी १० तोला सुनपति, दस हप्तासम्म उपहार कति नामक अभियान सञ्चालन गरेको थियो ।

१० तोला सुनबाहेक भाग्यशाली विजेताले प्रत्येक हप्ता १० हप्तासम्म लक्की ड्रबाट १०-१० जनाले चाँदीका सिक्का, मिक्सर ग्राइण्डर र इन्डक्सन चुलो पनि जितेका छन् ।

अभियानमा हालसम्म तीन सय विजेताले पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ । वेस्टर्न युनियनले सन् १९९६ देखि विश्वका दुई सय देशबाट पैसा पठाउने र नेपालमा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?