Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

‘मेक इन नेपाल’ का उत्पादनलाई सहुलियत

हिमालय टाइम्स
Read Time = 5 mins
A A- A+

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताउनुभएको छ । औद्योगिक पूर्वाधार, लगानी पूर्वाधार, योजनामा मन्त्रालयले काम गरिरहेको भन्दै उहाँले उद्योग मन्त्रालय उद्योगीलाई सहजीकरण र उद्योगीको समस्या समाधानमा प्रतिबद्ध रहेको बताउनुभयो । आठौँ उद्योग दिवसका अवसरमा नेपाल उद्योग परिसंघ(सिएनआई)द्वारा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सचिव ज्ञवालीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले मन्त्रालयले आगामी १० वर्षका लागि औद्योगिक नीति के हुनुपर्ने हो भन्ने विषयमा काम गरिरहेको जानकारीसमेत दिनुभयो ।

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले सिएनआईले औद्योगिक विकासका लागि प्रभावकारीरूपमा आफ्ना गतिविधि अगाडि बढाउँदै आएको भन्दै सरकारले निजी क्षेत्रबाट सोही प्रयासको अपेक्षा गरेको बताउनुभयो । निजी क्षेत्र र सरकार मिलेर नै औद्योगिक विकास गर्न सकिने उहाँको भनाइ थियो ।

उद्योग सचिव ज्ञवालीले मन्त्रालयले आगामी १० वर्षका लागि औद्योगिक नीति के हुनुपर्ने हो भन्ने विषयमा काम गरिरहेको बताउनुभएको छ ।

सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले सिएनआईले सरकारसँगको सहकार्यमा अघि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध सदस्यलाई सहुलियत दिन आग्रह गर्नुभएको थियो । भारत, अष्ट्रेलियालगायत मुलुकमा सरकारको अग्रसरमा मेक इन अभियान सञ्चालन भइरहेकोमा नेपालमा सिएनआईको अग्रसरतामा मेक इन नेपाल अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो । मेक इन नेपाल अभियानमा आबद्ध उत्पादनलाई सहुलियत दिइए स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न प्रोत्साहन हुने अध्यक्ष अग्रवालको भनाइ थियो ।

उद्योग मन्त्रालय उद्योगीको फोकल मन्त्रालय बन्नुपर्ने र त्यसले उद्योगको महत्व बढाउने र उद्योगीको समस्या समाधानमा अन्य मन्त्रालय तथा सरोकारवाला पक्षसँग समन्वय गर्न सहयोग गर्ने उहाँले बताउनुभयो । साथै उहाँले नीतिगत स्थिरतामा पनि जोड दिनुभएको छ । कार्यपत्र प्रस्तुत गर्दै सिएनआई उद्योग समिति सभापति गोकुल भण्डारीले आयात प्रतिस्थापन सम्भव भएका वस्तुको आयात निरुत्साहित गर्नुपर्ने बताउनुभयो । उद्योग तथा लगानी प्रवद्र्धनसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी व्यवस्था एकीकृत गर्दै उद्योगलाई पर्ने समस्या समाधान तथा उद्योगले पाउने सुविधा तथा सहुलियत एकै स्थानबाट उपलब्ध गराउन एकीकृत औद्योगिक विकास ऐन तर्जुमा गरी कार्यान्वयन गरिनुपर्ने उहाँले बताउनुभयो ।

सो अवसरमा सिएनआईका उपाध्यक्षहरू राजेश अग्रवाल, वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, महानिर्देशक दिपकराज जोशीलगायतको सहभागिता थियो । यस वर्षको उद्योग दिवसको नारा ‘औद्योगिक लगानी र पूर्वाधारः समृद्धिको बलियो आधार’ रहेको छ । सिएनआईले विगत लामो समयदेखि स्वदेशी उत्पादन प्रवद्र्धन र लगानी प्रवद्र्धनका लागि नीतिगत सुधारमा जोड दिँदै आएको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?