धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा आईचरले मोटरसाईकल ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा धुनिवेशी नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय ताराबहादुर श्रेष्ठ रहेकोे ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको बा ५ ख ६१८६ नम्बरको आईचरले विपरित दिशाबाट आउँदै गरेको बा ९५ प ५३८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घाइते श्रेष्ठको दुवै खुृट्टामा गम्भीर चोट लागेको र अहिले ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । ठक्कर दिने आईचर प्रहरीको नियन्त्रणमा रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका